१० वटा ऋणपत्रहरुको ब्याज सम्बन्धित लगानीकर्ताको खातामा

५ श्रावण २०७९, बिहीबार ११:२७

काठमाडौं । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले विभिन्न ऋणपत्रहरुको ब्याज भुक्तानी गरेको छ ।

क्यापिटलले विभिन्न कम्पनीहरुको अर्धवार्षिक ब्याज भुक्तानी गर्नुपर्ने रकम असार मसान्तसम्ममा कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा पठाएको हो ।

एनआइबिएल एस क्यापिटलले विभिन्न १० वटा ऋणपत्रहरुको ब्याज भुक्तानी गरेको हो । जसमा १०.५% एनआइबि नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२’, ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बोण्ड २०८४, १०.३५ प्रतिशत एडिबिएल कृषि बैंक ऋणपत्र २०८३, १२% गुडविल डिबेञ्चर २०८३, ८.७५% गरिमा डिबेञ्चर २०८५, ९% ज्योति विकास बैंक बण्ड २०८७, ९% केएसबिबिएल डिबेञ्चर २०८७, ९.५% मन्ज्ुश्री फाइनान्स डिबेञ्चर २०८५, ९.५% एनसीसी ऋणपत्र २०८६ र ९% सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी गरेको हो ।

हालसम्म पनि आफ्नो बैंक खातामा ब्याज रकम प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आइपिएस सदस्यता प्राप्त कुनै पनि बैंकमा रहेको आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गराई एनआइबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी आफ्नो डिबेञ्चरको ब्याज वापतको रकम प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*