सिभिल बैंकले ल्यायो दोब्बर र तेब्बर प्लस मुद्दती योजना, २० लाख रुपैयाँसम्मको बीमा सुविधा

काठमाडौं । सिभिल बैंक लिमिटेडले दुई नयाँ आकर्षक मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले दोब्बर प्लस र तेब्बर प्लस योजना ल्याएको हो ।
यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मिहिनेतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
साथै यी मुद्दती योजनाहरुमा ग्राहकहरुले नेपालमै पहिलो पटक १० लाख रुपैयाँ सम्मको जीवन बीमा सुविधा र १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउनेछन् ।
सिभिल बैंकले रिलायन्स लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा जीवन बीमा र अजोड इन्स्योरेन्ससँगको सहकार्यमा दुर्घटना बीमा योजना उक्त मुद्दती खाताअन्गर्तत समावेश गरेको हो ।
६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।













