राप्ती हाइड्रोको आइपीओ सोमबार बाँडफाँड हुने, १३ लाख भन्दा बढीकोे हात खाली
५ श्रावण २०७९, बिहीबार १८:१४

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले सोमबार आइपीओ बाँडफाँड गर्नेभएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा सोमबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ ।
उक्त आइपिओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन बिक्री खुला गरेको हो ।













