निफ्राको खुद नाफा १ अर्ब नाघ्यो, वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको नाफामा सुधार आएको छ ।
गत आवको असार मसान्तसम्म निफ्राको खुद नाफा २२.५३ प्रतिशतले बढेर १ अर्ब २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै यस अवधीसम्म बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढ्न पुगेको छ सो कारण बैंकको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत ले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३.१४ प्रतिशत बढेर १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ८५ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१अर्ब ६० करोड रुपैयाँ पुगेकोमा जगेडा कोष भने २७.६८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १५.०६ प्रतिशत र कर्जा ५८२.८९ प्रतिशत बढेको छ।












