सिभिल लघुवित्तको नाफामा सामान्य सुधार, ९७ करोड निक्षेप संकलन गर्दा ३ अर्बमाथि कर्जा परिचालन

६ श्रावण २०७९, शुक्रबार १०:३२

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा १३.३९ प्रतिशतले बढी हो ।

संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढ्न पुगेको छ । यसकारण संस्थाको नाफामा सामान्य बृद्धि भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले बृद्धि भएर २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सञ्चालन मुनाफा १८.०६ प्रतिशत बढेर १० करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ २६ पैसा घटेर २५ रुपैयाँ ५६ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.२९ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ९.२५ प्रतिशतले बढेर १३ करोड ८ लाख रुपैयाँ संचित रहेको छ ।

त्यसैगरी, लघुवित्तको यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५१ करोड २६ लाख रुपैयाँ सापटी लिई ९७ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*