समीट लघुवित्तको शेयर बिक्रीमा
६ श्रावण २०७९, शुक्रबार १०:४०

काठमाडौं । समीट लघुवित्त वित्तिय संस्थाले केहि शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्नको लागि आवेदन दिएपछि संस्थाले सो शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
कम्पनीले २५ हजार किता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर खरिद गर्न चाहानुहुने संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखामा आवेदन दिन सक्नेछन् ।
उक्त शेयर तोकिएको समय भित्र बिक्री नभएमा अन्य संस्था वा व्यक्तिलाई बिक्री गर्न आवश्यक प्रक्रिया अगि बढाइने भएको हो ।













