खराब कर्जा उठाउँदा कालिका लघुवित्तको खुद नाफामा उछाल, इपिएस कति ?

६ श्रावण २०७९, शुक्रबार ११:१२

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा आकर्षक सुधार देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशलते बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको निष्क्रिय कर्जा घट्न पुगेको छ, यसकारण लघुवित्तले खुद नाफामा छलाङ मारेको हो । संस्थाले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१३ प्रतिशत बढेर २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ८ करोड ९२ लाख रुपैयाँ धनात्मक भएको छ । त्यसैगरी, सो अवधिसम्ममा लघुवित्तले ११ करोड ४८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ १८ पैसा बढेर ४१ रुपैयाँ ७ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २९.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १२.७२ प्रतिशतले बढेर ३१ करोड २८ लाख रुपैयाँ पुगेकोमा रिजर्भको आकार समेत ५१.२३ प्रतिशतले बढेर २२ करोड ७३ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*