निफ्राद्धारा नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले आजैदेखि लागूहुनेगरी विभिन्न खाता तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो ।
बैंकले सुभ पूर्वाधार खाताअन्तर्गत संस्थागत तर्फ ५ वर्ष देखि १० वर्षसमयावधिको लागि ९.५० प्रतिशत ब्याज र १० वर्षदेखि माथिको लागि ९.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै सोही खातान्तर्गत बैंकले व्यक्तिगततर्फ भने १० प्रतिशत ब्याज निर्धारण गरेको छ ।
त्यस्तै, निफ्राले कर्जातर्फ ग्रीनफिल्ड प्रोजेक्ट कर्जामा १२ देखि १४ प्रतिशत ब्याजदर, ब्राउनफिल्ड प्रोजेक्ट लोन अन्तर्गत ११.५ प्रतिशत देखि १३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, ब्रिज ग्याप लोन अन्तर्गत शुन्य दशमलव ५० प्रतिशतदेखि माथि प्रोजेक्टअुनसारको ब्याज निर्धारण गरिने बैंकले जनाएको छ । यस्तै, फरेन करेन्सी लोनअन्र्गत डिल बेसिसमा ब्याज निर्धारण गरिने र लोन अगेइन्स्ट एफडी अन्तर्गत कपन रेट प्लस अप टु ३% ब्याजदर निर्धारण गरेको छ ।














