शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

६ श्रावण २०७९, शुक्रबार १३:०६

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार अर्थात् मौद्रिक नीति सार्वजनिक हुने दिन शेयरबजारमा २७ अंकको गिरावट आएको छ ।

शेयर लगानीकर्ताहरु पुँजीबजार सुधारका नीति मौद्रिक नीतिमा समावेश हुने आशामा रहेका छन् । आज ४ बजे सार्वजनिक हुने मौद्रिक नीतिमा शेयर कर्जामा लागेको ४।१२ सीमा हट्ने या नहट्ने सबैभन्दा बढी चासोको विषय बनेको छ ।

आज नेप्से परिसूचक २७ अंकले घटेर २०१७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालय डिस्टिलरीको ६ करोड ८० लाख, गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख र अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*