एम अधिकारी फेस गनुपर्ने भएपछि गर्भनरले जुमबाट पत्रकार सम्मेलन गर्दै
६ श्रावण २०७९, शुक्रबार १२:४८

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीतिको कार्यक्रम सकिएलग्त्तै साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।राष्ट्र बैंकले जुमबाट पत्रकार सम्मेलन गर्न लागेको हो । कोरोना महामारी सकिएपछि पनि राष्ट्र बैंकले अनलाईनबाट पत्रकार सम्मेलन गर्नुको मुख्य कारण पत्रकारबाट सोधिने प्रश्न हो भन्ने अनुमान गरिएको छ ।
नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य एम अधिकारीनै गभर्नर महाप्रसाद अधिकारी हो भन्ने समाचार सचार माध्यममा आएपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । । उनले मौद्रिक नीतिको चापको कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको भन्दै संचार माध्यमलाई जवाफ दिँदै आईरहेका छन् ।













