२७ अंकले घट्यो नेप्से, सबै सूचक राताम्य हुँदा कारोबार डेढ अर्बमा सीमित

काठमाडौं । आज मौद्रिक नीति सार्वजनिक हुँदैछ । राष्ट्र बैंकको संचालक समिति बोर्डको बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरिसकेको छ ।
शेयरबजार लगानीकर्ताहरु बेलुका ४ बजे सार्वजनिक हुने मौद्रिक नीतिमा पुँजीबजार सुधारसम्बन्धि के–कस्ता नीतिहरु आउने भन्ने कौतुहलतामा बसेका छन् । विशेष गरी शेयर कर्जामा लागेको ४।१२ सीमा हट्ने या नहट्ने चाँसोको विषय बनेको छ ।
शेयर लगानीकर्ताहरु मौद्रिक नीतितर्फ उन्मुख हुँदा आज शेयरबजारमा २७ अंकले घट्न पुगेको छ । एक सातायता लगातार बढेको शेयरबजार मौद्कि नीति सार्वजनिक हुने दिनमै २७ अंकले घटेर सुधार देखिएको पुँजीबजारमा बे्रक लागेको हो ।
नआज नेप्से परिसूचक २७ अंकले घटेर २०१७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।
साथै नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक प्रतिशतका आधारमा ब्यापार समूहको २.४८ प्रतिशतले घट्न पुगेको छ भने रुपैयाँका आधारमा जीबन बीमा समूहको १०९.६७ रुपैयाँले घट्न पुगेको छ ।













