सिन्धु विकास बैंकको साधारण सभा सम्पन्न, मर्जर सम्बन्धि अख्तियारी संचालक समितिलाई

६ श्रावण २०७९, शुक्रबार १७:४०

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख अध्यक्षतामा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।

उक्त सभाले सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न बैंकको नियमावालीको नियम ३२ (१) मा संशोधन गर्ने, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन गर्ने मान्यता प्राप्त मुल्याङ्कनकता नियुक्त गने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संसोधन स्वीकृत गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट।फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनसार गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७।०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७।७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८।७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने प्रस्तावहरू पारित गरेको छ ।

सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रस्ताव गरेको छैन । यसथै यसपटक बैंकका शेयरधनीहरूको हात खाली भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*