सहकारी संस्थालाई नियमन गर्ने निकाय स्थापना गर्न सहजीकरण गरिने
६ श्रावण २०७९, शुक्रबार १६:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीतिमा सहकारी संस्थाहरुलाई नियमन गर्ने नियमक निकाय स्थापना गर्ने बताएका छन् ।
राष्ट्र बैंकको सुपरिवेक्षकीय दायर बाहिर रहि वित्तीय कारोबार गर्ने बचत तथा ऋण प्रवाह गर्ने सहकारी र गैरसहकारीहरुको प्रभावकारी नियमन, निरिक्षण सुपरिवेक्षणका लागि दोस्रो तहको नियमन निकाय स्थापनाका लागि आवश्यक सहजीकरण गरिने गभर्नर अधिकराीले बताएका हुन् ।












