राष्ट्र बैंकले कोभिडकालमा दिएको सुविधा कटौती गर्ने
६ श्रावण २०७९, शुक्रबार १८:११

काठमाडौं । राष्ट्र बैंकले आर्थिक क्षेत्रलाई कोभिडकालमा दिएको सुविधा कटौती गर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को बेलामा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताए ।












