लक्ष्मी बैंकको नाफामा सामान्य सुधार

७ श्रावण २०७९, शनिबार १२:५७

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १।७६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण खुद नाफा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८।२७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८।५५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ८।१७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २।१७ प्रतिशत मात्र बढेको छ। निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ।

नाफामा झिनो सुधार भएपनि बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ११।१६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप १९।६७ प्रतिशत र कर्जा २१।६६ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*