इम्पेरमेन्ट चार्ज घटेसँगै माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंक गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४।४३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६।६७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४।९५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२।९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २६।७५ प्रतिशत बढेको छ। इम्पेरमेन्ट चार्ज घटेसँगै खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा धेरै बढ्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२।०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३।३० प्रतिशत बढेको छ भने जगेडा कोष २२।९० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १०।१९ प्रतिशत र कर्जा १३।२० प्रतिशत बढेको छ।













