कामना सेवा विकास बैंकको एक लाख बढी कित्ता शेयर बिक्रीमा
८ श्रावण २०७९, आईतवार ११:२५

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै बेैंकले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
बैंकले संस्थापक शेयरधनी प्रकाश डुुम्रेको नाममा रहेको १ लाख २६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सो शेयर खरिद गर्न चाहेका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।













