आइपीओ निष्काशन प्रस्तावसहित टक्सार पिखुुवाखोला हाइड्रोपावरले डाक्यो साधारण सभा

८ श्रावण २०७९, आईतवार १२:०९

काठमाडौं । टक्सार पिखुुवाखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० गते कम्पनी रजिष्टार्डको कार्यालय खिचापोखरीमा बस्ने निर्णय गरेको हो ।

उक्त सभाले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को लागि आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै आव ०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतका अन्य महत्वपुर्ण कुुरामा छलफल गर्ने सभाको विशेष प्रस्ताव रहेको छ । यसबाहेक उक्त सभाले गत आवको वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिमा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*