मौद्रिक नीतिपछि हरियाली छाएको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

८ श्रावण २०७९, आईतवार १५:०६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिमा पुँजीबजारसँग सम्बन्धित केही गहकिलो नीति आएकोले लगानीकर्ताहरु उत्साहित भएका हुन् ।

आज नेप्से परिसूचक ६१ अंकले बढेर २०७८ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २१९ ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा सुधार आएसँगै आज कारोबारमा पनि केही सुधार देखिएको छ । मौद्रिक नीतिमा शेयर कर्जामा लागेको ४।१२ को सीमामा ४ खारेज हुँदा लगानीकर्ताहरुमा केही उत्साह थपिन पुगेको हो ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ३९ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख, एनआइसी एशिया बैंकको ६ करोड २१ लाख र अरुण काबेली पावरको ६ करोड १४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*