शेयर बजारमा उकालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए?
८ श्रावण २०७९, आईतवार १५:२५

काठमाडौं । आइतबार ६१।०५ अंकले बढेर बजार २०७८।५१ बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकममा पनि केही सुधार देखिएको छ। २ अर्ब ७३ करोड रुपैयाँको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ। जसमा युनिलिभर नेपालको सेयर मूल्यमात्रै घटेको छ।
एनएमबि डिभेञ्चर २०८५, ग्लोबल आइएमई बैंकको डिभेञ्चर ८५, एनआईसी एशिया ग्रोथ फण्ड, ग्लाबल आइएमई बैंकको डिभेञ्चर ८७, सनराईज फस्र्ट म्युचुअल फण्डm एनआईबिएल प्रगति फण्ड, युनिर्भसल नेपाल, सानिमा लार्ज क्यापिटल फण्ड र सानिमा बैंकको डिभेञ्चर ८७ को मूल्य घटेको छ ।














