सूचीकृत कम्पनीहरुलाई नेप्सेले जारी गर्यो यस्तो सूचना
८ श्रावण २०७९, आईतवार १५:३८

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुको लागि नयाँ सूचना जारी गरेको छ ।
नेप्सेले आफ्नो पुरानो वेबसाइट मर्मत गर्नुपर्ने भएको र नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिनका लागि सूचीकृत कम्पनीलाई नेप्सेको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
सो साइटमा सूचीकृत कम्पनीहरुको सूचना विवरणहरु अपलोड गर्नुपर्ने भएकोले नेप्सेले ‘नट्स’ को लग इन आइडि लिनको लागि कम्पनीको इन्टरनेटको पब्लिक आइपि एड्रेस र आधिकारी इमेल उल्लेख गरी कम्पनीको पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको हो ।














