सिन्धु विकास बैंकद्धारा तीनजना संचालक निर्वाचित
८ श्रावण २०७९, आईतवार १५:५१

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले तीन जना नयाँ संचालक निर्विरोध निर्वाचित गरेको छ ।
बैंकको साउन ६ गते शुक्रबार सम्पन्न भएको बाह्रौ साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट आगामी ४ वर्ष अवधिका लागि ३ जना संचालक निर्वाचित भएका हुन् ।
चयन हुने संचालकहरुमा संजिव प्रधान, बसन्त कुमार कटुवाल र समिर कक्षपती रहेका छन् ।













