भोलिदेखि आइपीओ आउने मन्दाकिनी हाइड्रोपावरको बारेमा विस्तृत जानकारी

८ श्रावण २०७९, आईतवार १६:२७

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गते (भोलि) देखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन –आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा १२ साउनसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ साउन गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आईएस)’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

आईपीओ निष्कासनको लाथि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

संगठित संस्थाको नाम :मन्दाकिनी हाइड्रोपावर लिमिटेड

 कम्पनी कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा : कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल कार्तिक २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७१ साल आषाढ ३१ गते देखि पब्लिक लिमिटेडकम्पनीको रुपमा परिणत भई कारोबार संचालन गर्दै आएको कम्पनी हो ।

 संस्थाको रजिष्टर्ड ठेगानाः कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका ०९, सिनामंगलमा रहेको छ । आवश्यकतानुसार स्वीकृित लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिनेछ ।

कारोवार गर्ने मुख्य स्थान :यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वार्ड नं २ (साविक सार्दिखोला गा.वि.स.) स्थित सार्दीखोलामा रहेको छ ।

संगठित संस्थाको स्थापना कालदेखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरुः

१. नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहीचान गरी संभाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रायले मन्दाकिनी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन बमोजिम २०६४ साल कार्तिक २६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७१ साल आषाढ ३१ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ ।

२. कम्पनीले सार्दिखोला जलविद्युत आयोजना (४ मेगावाट), उत्पादन तथा सञ्चालन गर्न विद्युत उत्पादनको अनुमति पत्र नेपाल सरकार, उर्जा मन्त्रालयबाट मिति वि.सं.२०७०/०३/१३ गते प्राप्त गरेको र उक्त अनुमति पत्र २१०५/०३/१२ गतेसम्म बहाल रहेको छ । ३. यस कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार जारी पूँजीको ७०% शेयर संस्थापकका लागि, १०% उद्योग प्रभावित क्षेत्र माछापुच्छ्रे गाउँपालिका वार्ड नं २, ३, ४ र ६ (साविक सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, लाहाचोक गा.वि.स. र धिताल गा.वि.स) का लागि तथा २०% शेयर सर्वसाधारणका लाई छुट्याइएको छ । यसरी छुट्याइएको मध्ये प्रभावित क्षेत्रबाट माग बमोजिम दरखास्त प्राप्त नभएमा सर्वसाधारणमा थप गरी शेयर निष्काशन गरिनेछ ।

४. कम्पनीले पहिचान गरी विकास निर्माण प्रारम्भ गरेको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वार्ड नं २ (साविक सार्दिखोला गा.वि.स.) अन्तर्गत सार्दिखोला जलविद्युत आयोजना (४ मेगावाट) विद्युत निर्माण कार्य सम्पन्न भई यस कम्पनीले मिति २०७४/०८/२३ गतेदेखि विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ । ५. ४ मेगावाट क्षमताको यस आयोजनाको आ.व. २०७७/०७८ सम्म कुल लागत रु. ८३ करोड १० लाख १२ हजार मात्र रहेको छ र यसको साधारणमा लगानी फिर्ता हुने अवधि ( ९.२४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.३५ वर्ष रहेको छ ।

६. सार्दिखोला जलविद्युत आयोजनवाट उत्पादन गरिएको सबै विद्युतशक्ति एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मन्जुर गरी कम्पनी र प्राधिकरणबीच २०७० साल आषाढ १३ गते ४ मेगावाट क्षमता विद्युत खरीद बिक्री सम्झौता सम्पन्न भईसकेको छ ।

७. संगठित संस्थाका सार्दि खोला जलविद्युत आयोजनाको संक्षिप्त प्राविधिक विवरणहरु निम्नानुसार रहेको छ :

विद्युत परियोजनाको नाम : सार्दिखोला जलविद्युत आयोजना ।

विद्युत गृह स्थल : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वार्ड नं २ (साविक सार्दिखोला गा.वि.स.) स्थित सार्दिखोलाको दोभान ।

श्रोत नदी : सार्दि खोलाको पानी ।

आयोजनाको किसिम :रन अफ रिभर विद्युत

उत्पादन अनुमति प्राप्त मिति : २०७०/०३/१३

विद्युत उत्पादन अनुमति वहाल रहने मिति : २१०५/०३/१२

जडित क्षमता : ४ मे.वा

आयोजनाको कुल लागत :रु.८३ करोड १० लाख १२ हजार मात्र । आयोजनाको प्रति मेगावाट लागत : रु.२० करोड ७७ लाख मात्र । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ः ९.२४ वर्ष । आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि : १३.३५ वर्ष ।

अन्तर्निहित जोखिम तथा सोको व्यवस्थापनका लागि व्यवस्थापनको धारणा :

संगठित संस्थाले बहन गरेको वा गर्ने जोखिम स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने । यस सन्दर्भमा जोखिमहरुलाई संगठित संस्थाको आन्तरिक वा व्यवसाय÷परियोजनासँग प्रत्यक्ष अथवा संगठित संस्थाको नियन्त्रण भन्दा बाहिरको भनी वर्गिकरण गरी प्रमुख रुपमा देहायको जोखिमको विश्लेषण गर्नु पर्ने ।

क) वित्तीय साधनको अभावबाट हुने जोखिम :

निर्माण सम्पन्न भई व्यापारीक उत्पादन समेत गरिसकेको हुँदा जलविद्युत आयोजनामा वित्तीय जोखिम न्यून रहेको ।
नयाँ आयोजनाको अनुसन्धान तथा विकासमा संकुचन आउन सक्ने जोखिम न्यून रहेको । तर नेपाल विद्युत प्राधिकरणले विद्युत खरीदविक्री सम्झौता सहज र सरल नबनाएमा समस्या उत्पन्न हुने देखिन्छ ।
संस्थामा आवद्ध शेयरधनीहरुले कबुल गरेको सम्पूर्ण रकम मिति २०७८÷०३÷३१ गते प्राप्त भइसकेको र बैंकबाट पनि ऋण प्राप्त भइरहेकोले वित्तीय साधनको अभावबाट हुने कुनै पनि जोखिम नरहेको ।

ख) कच्चा पदार्थको अभावबाट हुने जोखिम :

जलस्रोतको निरन्तर मापन गरि डिजाईन गरिएको हुँदा उक्त जोखिम कम रहेको ।

उत्पादन तथा सेवाको बजार स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिमः हालको अवस्थामा विद्युतको बजारको जोखिम नरहेको ।

आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धि को जोखिम :उत्पादन सुरु भईसकेको हुनाले आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धिको जोखिम नरहेको ।

विदेशी विनिमयको जोखिम : विदेशी विनिमय दरमा परिवर्तन भएमा संचालन खर्चमा बृद्धि हुन सक्ने जोखिम रहेको । च) कानुनी प्रकृयाहरु तथा ईजाजत प्राप्त गर्नु पर्ने सो बाट पर्न सक्ने अवरोधहरु ः उत्पादन सुरु भईसकेको हुनाले सोको जोखिम नरहेको ।

छ) क्षेत्रीयकरण र विश्वव्यापीकरणका कारणबाट उत्पन्न हुन सक्ने जोखिम :

१. अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट शेयर बजारमा असर परेमा शेयरको मूल्यमा असर पर्न सक्ने जोखिम रहेको । २. पूँजी बजारको अवस्थामा आउने उतार–चढावबाट शेयरको मूल्यमा असर पर्न सक्ने जोखिम रहेको ।

ज) सरकारी नीति तथा नियमहरुमा हुने परिवर्तन तथा विश्वव्यापी रुपमाहुने नीतिगत परिवर्तनबाट हुने जोखिम :

नेपाल सरकारको जलविद्युत सम्बन्धी आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनबाट जोखिमहरु श्रृजना हुन सक्ने ।

कर, भन्सार आदि सम्बन्धी व्यवस्थामा परिर्वतन भएमा श्रृजना हुन सक्ने जोखिमहरु ।

देशको वैदेशिक नीतिमा हुनसक्ने परिवर्तनबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरु ।

नेपाल सरकार तथा अन्य नियमन निकायहरुको आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनबाट सिर्जना हुनसक्ने सम्भावित जोखिमहरु ।
संचालन इतिहासको अभावः आयोजना सञ्चालनमा आईसकेको हुनाले सो विषयमा जोखिम नरहेको ।

 

मेगावाट क्षमतामा प्राप्त भएको मूल्य वृद्घि

कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए अनुसार कम्पनी कानुन तथा अन्य प्रचलित कानुनको अधिनमा स्वीकृित लिनु पर्ने भए सम्बन्धित निकायको स्वीकृति समेत लिई यस कम्पनीको उद्देश्य
देहाय बमोजिम हुनेछ :


(क) जलविद्युत आयोजनाहरुको अध्ययन अनुसन्धान गरी उपयुक्त विविध मोडलहरु अपनाई नेपालका विभिन्न भागमा रहेका नदि खोला नाला तालहरुबाट निजी क्षेत्रमा आवश्यकता अनुसार पावर हाउस
प्रशारण तथा वितरण लाइन निर्माण गर्ने र संचालन गर्ने ।
(ख) विद्युत उर्जाको आवश्यकता अनुसार नेपालभर जलविद्युत बाहेक अन्य सौर्य वायु तापीय आदी स्रोतबाट पनि वैकल्पिक उर्जा उत्पादन गरी प्रसारण तथा बिक्री वितरण गर्ने ।
(ग) जलविद्युत र वातावरण विकासको क्षेत्रमा परामर्श सेवा प्रदान गर्ने नयाँ नयाँ जलविद्युत आयोजनाहरुको सर्वेक्षण अन्वेषण अध्ययन अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने र जलविद्युत
क्षेत्रको विकास गर्ने गराउने ।
(घ) जलविद्युत र उर्जा विकास गर्ने शिलशिलामा हुने वातावरणीय पक्षलाई मध्यनजर राखि वातावरण अनुसन्धान र विनासलाई रोकथाम गर्ने उपाय अबलम्वन गर्ने ।
(ङ) साना, मझौला र ठुला जलविद्युत आयोजनासँग समन्वय गरी विविध उपाय अपनाई विद्युत आपूर्ति तथा विवरण गर्ने ।
(च) जलविद्युत तथा शहरी विकास तथा सिभिल आयोजनाहरुको पूर्व सम्भाव्यताको बृहत अध्ययन विकास तथा निर्माण गर्ने ।
(छ) साना तथा मझौला विद्युत आयोजनाहरुको निर्माण र वातावरण सम्बन्धी परामर्श सेवा उपलब्ध गराउने ।
(२) कम्पनीले उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि

प्रविधिको परिवर्तनबाट हुने सक्ने जोखिम :

उत्पादन सुरु भईसकेको हुनाले सोको जोखिम नरहेको अन्य : दैवि प्रकोप तथा काबु बाहिरको परिस्थिति उत्पन्न भइ आयोजनामा कुनै प्राकृतिक क्षति भएमा आयोजनाको लागत बढ्न सक्ने जोखिम रहेको ।
देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरु । पूँजी बजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरु ।

सम्भावित आर्थिक जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनले निम्न उपायहरु अवलम्वन गर्दै जानेछ । कम्पनीले क्षेत्रीयकरण र विश्वव्यापीकरण का कारणबाट उत्पन्न हुन सक्ने जोखिमहरु न्यूनीकरण गर्नका लागि जनशक्ति तथा क्षमता विकासमा ध्यान पु¥याउनुको साथै अन्य व्यावसायिक जोखिमहरुबाट सिर्जना हुनसक्ने हानि– नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानि–नोक्सानी कम गर्न सक्षम र प्रतिवद्ध छ ।

त्यस्तै अन्य विभिन्न जोखिमहरु न्यूनीकरणका लागि प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, समयानुसारको आधुनिक प्रविधि, स्पष्ट नीति तथा नियमहरुको निर्माण एवम् समयानुसार आफ्नो सेवा तथा सुविधाहरुमा परिवर्तन गर्दै लगिने कम्पनीको नीति रहेको व्यहोरा जानकारी गराउँछौं ।

सम्भावित आर्थिक जोखिमहरुलाई न्यूनीकरण गर्न व्यवस्थापनले निम्न उपायहरु अवलम्वन गर्दै जानेछ । उर्जा विभिन्न श्रोतबाट प्राप्त गर्न सकिन्छ ।

जस्तैः सौर्य शक्ति, डिजेल, कोइला, जलश्रोत इत्यादी । यस मध्ये पानीबाट उत्पादन हुने जलबिद्युत नविकरणीय उर्जा भएकोले जलविद्युत आयोजनाहरुले वातावरणमा नकारात्मक प्रभाव पार्दैन ।
नेपालमा उर्जा शक्तिको माग धेरै र आपूर्ति न्यून रहेको र नेपाल जलश्रोतको धनी देश भएकोले अन्य उर्जाको श्रोत भन्दा भरपर्दो श्रोत पानी हो ।

तसर्थ उर्जाका लागि जलविद्युतको आवश्यकता र महत्व कहिल्यै कम नहुने हुँदा जलविद्युतको लगानीमा न्यून जोखिम रहको ब्यबस्थापनको धारणा रहेको छ । त्यसकारण उर्जाका अन्य श्रोतहरु भन्दा पानीबाट उत्पादन हुने जलविद्युतले वातावरणीय हानी नहुने र यसको लागत अन्य उर्जा भन्दा तुलनात्मक रुपमा कम रहने हुँदा अन्य श्रोतबाट उत्पादन हुने बिद्युत भन्दा पानीबाट उत्पादन हुने जलविद्युत आयोजनाहरुमा जोखीम नरहेको धारणा ब्यबस्थापनको रहेको छ । साथै उपरोक्त सम्भावित जोखिमहरुलाई न्यूनीकरण गर्न उपकरणहरुको ह्रास खर्चको ब्यबस्थाको साथै केन्द्र र आयोजनाका आवश्यक संरचना, मेसिन, औजार र उपकरणहरुको जोखिमलाई न्यूनीकरण गर्न र आयोजना बन्द भएमा बन्द भएको अवधिको नोक्सान वापतको लागि निम्न बमोजिमको बीमा गरिएको छ ।

सकारात्मक पक्षहरु :

१. सार्दि खोला जलविद्युत आयोजनाको सम्पूर्ण संरचना, मेसिन, औजार तथा उपकरणहरुको जोखिमलाई न्यूनिकरण गर्न बिमा गरिएको ।
२. कम्पनीसँग दक्ष युवा जनशक्ति रहेकोले यो कम्पनी नेपालमा जलविद्युत आयोजनाको विकास र निर्माणको काममा सफल रहेको ।
३. जलविद्युतको क्षेत्रमा अध्ययन अनुसन्धान तथा विकास कार्यमा योजनाबद्ध ढंगले समर्पित भएर काम गरिरहेको यस कम्पनीको भविष्य उज्वल रहेको ।
४. उत्पादन सुरु भईसकेको हुनाले कम्पनीको भविष्य उज्वल रहेको ।

धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी विवरणः

क) अत्याधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँटको प्रकृया :

यस विवरणपत्र मार्फत जारी गरिएको साधारण शेयर संख्याभन्दा बढी संख्यामा साधारण शेयर खरिदको लागि दरखास्त प्राप्त हुन आएमा नेपाल धितोपत्र बोर्डको प्रचलित “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” मा भएको व्यवस्था अनुसार साधारण शेयरहरु बाँडफाँट गरिनेछ र शेयर बाँडफाँट सम्बन्धी सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।

१. शेयर बाँडफाँट गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले बाँडफाँट गरिनेछ ।
२. बुँदा (१) बमोजिम बाँडफाँट गरे पश्चात् बाँकी रहेको निष्काशित शेयर बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरुलाई पूनः दश कित्ताको दरले बाँडफाँट गरिनेछ ।
३. बुँदा (२) बमोजिम शेयर बाँडफाँटको प्रकृया सम्पन्न भएपश्चात् धितोपत्र बाँकी भएमा सोही प्रकृया अपनाई बाँडफाँट गरिनेछ ।
४. उपरोक्तानुसार शेयर बाँडफाँट गर्दा १० कित्ताका दरले सबै आवेदकहरुलाई बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउने गरि गोला प्रथाबाट आवेदक छनौट गरि गरिनेछ ।
५  शेयर बाँडफाँट सफ्टवेयर तथा बाँडफाँट तालिकाका सम्बन्धमा बोर्डको सहमति लिईनेछ ।
६. शेयर बाँडफाँटको जानकारी बाँडफाँट गरेको भोली पल्ट सम्ममा बोर्ड, धितोपत्र बजार तथा सर्वसाधारणलाई जानकारी गराईनेछ । साथै, न्यून माग भएको अवस्थामा माग भए बमोजिमको शेयर आवेदकलाई बाँडफाँट गरी बाँडफाँट हुन बाँकी रहेको शेयर संगठित संस्था र प्रत्याभूतिकर्ताहरु बीच भएको प्रत्याभूति सम्बन्धी सम्झौतामा उल्लेख भए अनुसार प्रत्याभूतिकर्ताहरुलाई दामासाहीले बाँडफाँट गरिनेछ ।

ख) अत्याधिक माग भएको वा बाँडफाँट नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्थाः यस निष्कासनमा धितोपत्र खरीद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) ले गरेको व्यवस्था बमोजिम आवेदन माग गर्नुपर्ने भएकोले आवेदककै बैंक खातामा रकम रोक्का हुने व्यवस्था रहेकाले शेयर बिक्री बन्द भएको मितिले बोर्डले निर्धारित गरेको समयभित्र शेयर बाँडफाँट गरी पूर्ण वा आंशिक रुपमा स्वीकृत/अस्वीकृत भएको व्यहोरा जनाई बैंक खातामा रकम फुकुवा गर्ने व्यवस्था गर्ने ।

ग) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने ब्याजदर :धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ ले निर्धारित गरेको समयभित्र शेयरको बाँडफाँट पत्र तथा रकम फिर्ता भुक्तानी दिन नसकिएमा “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” को दफा २९ (३) भएको व्यवस्था बमोजिम शेयर बिक्री बन्द भएको मितिदेखि रकम फिर्ता भुक्तानी दिन शुरु गरेको अघिल्लो दिनसम्मको सरकारी ऋणपत्रको प्रचलित अन्तिम ब्याजदरको आधारमा हुन आउने व्याज सहित हिसाब गरी रकम फिर्ता भुक्तानी गरिने व्यवस्था रहेकोमा यस निष्कासनमा धितोपत्र खरीद(सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) ले गरेको व्यवस्था बमोजिम आवेदन माग गर्नुपर्ने भएकोले आवेदककै बैंक खातामा रकम रोक्का हुने व्यवस्था रहेको छ ।

घ) धितोपत्रको बाँडफाँट तथा प्रमाणपत्र जारी सम्बन्धी प्रकृया र समयावधी : निष्काशन गरिने साधारण शेयर प्रचलित धितोपत्र निष्काशनतथा बाँडफाँट निर्देशिका, २०७४ तथा प्रचलित शेयर बाँडफाँट सम्बन्धी व्यवस्था अनुसार साधारण शेयरको बाँडफाँट गरी सूचिकरण भए पश्चात् धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजिम आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको शेयर ३ (तीन) वर्ष राखी सम्बन्धित शेयरधनीको हितग्राही खातामा अभौतिक रूपमा शेयर जम्मा गरिनेछ । सर्वसाधारणहरुको लागि निष्काशन गरिने साधारण शेयर प्रचलित धितोपत्र निष्काशनतथा बाँडफाँट निर्देशिका, २०७४ तथा प्रचलित शेयर बाँडफाँट सम्बन्धी व्यवस्था अनुसार साधारण शेयरको बाँडफाँट गरी सूचिकरण भए पश्चात् धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४ (७) बमोजिम सम्बन्धित शेयरधनीको हितग्राही खातामा अभौतिक रूपमा शेयर जम्मा गरिनेछ ।

ङ) धितोपत्र सूचिकरण भैसकेको भए त्यस्तो धितोपत्र सूचिकरण गरिएको धितोपत्र बजारको नाम धितोपत्र कारोवार शुरु हुनको लागि संगठित संस्थाले पूरा गर्नुपर्ने शर्तहरु सम्बन्धी विवरण : सो नभएको ।

च) धितोपत्र सूचिकरण भैनसकेको भए, संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्रहरु प्रचलित ऐन, नियम अनुसार सहज खरीद÷बिक्री वा विनिमय हुन सक्ने गराउनको लागि गरिने व्यवस्था
सम्बन्धी विवरणः निष्काशन गरिने साधारण शेयरको बाँडफाँट पश्चात् धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था अनुसार निर्धारित अवधिभित्र सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिने धितोपत्र तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरिएको साधारण शेयर सूचिकरण गराई शेयर खरिद÷बिक्रीको व्यवस्था मिलाइने छ ।

(१७) आवेदन दिँदा पालना गर्नुपर्ने शर्त बन्देजहरु जस्तै एक भन्दा बढी दरखास्त दिन नपाइने, लगानीकर्ताको पहिचानको लागि नागरिकता÷जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहक परिचय पत्र र सम्वन्धित व्यवसायीको नाम खुलाउनु पर्ने र बैंक खाता मार्फत कारोवार गरिनुपर्ने जस्ता पक्षहरु ः धितोपत्र खरीद गर्नका लागि दस्तखत दिन चाहनेले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतिय सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ बमोजिम सार्वजनिक निष्काशनमा प्रणाली मार्फत् आबेदन संकलन गर्न आबद्व आस्वासेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस विवरणपत्र मार्फत निष्काशन गरिने साधारण शेयरको लागि दरखास्त दिँदा दरखास्तवालाले कम्तीमा १०(दश) कित्ता साधारण शेयरको लागि दरखास्त दिनु पर्नेछ । यदि कुनै दरखास्तवालाले १० कित्ताभन्दा बढी शेयरको लागि दरखास्त दिन चाहेमा १० अंकको गुणाङ्कमा अधिकतम १००,००० (एक लाख) कित्ता साधारण शेयर खरीद गर्नका लागि दरखास्त दिन सक्नेछ ।

विवरणपत्र तथा दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान  :

विवरणपत्र पाइने स्थानहरुः
१. बि.ओ.के क्यापिटल मार्केट लिमिटेड, नारायणचौर, नक्साल काठमाडौं ।
२. मन्दाकिनी हाइड्रोपावर लिमिटेडको रजिष्ट्रार कार्यालय सिनामंगल काठमाडौं साथै, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट तथा निष्काशनकर्ता कम्पनीको वेवसाईट वा नेपाल धितोपत्र बोर्डको वेभसाइटबाट समेत यस निष्काशनको लागि स्वीकृत विवरणपत्र हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*