राप्ती हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै, शेयर पाउन भाग्कै भर !

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ आज बाँडफाँड हुँदैछ । सर्वसाधारणका लागि आइपीओ जारी गरेको कम्पनीले आज बाँडफाँड गर्ने तयारी गरेको हो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आइपीओ बाँडफाँड हुनेछ ।
कम्पनीको आइपीओको प्रि–अलटमेन्ट साउन ५ गते सम्पन्न भई सोमबार बाँडफाँड हुने भएको हो । उक्त आइपीओ पाउन भाग्यकै भर बस्नुपर्ने भएको छ ।
उक्त आइपिओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बरारको आवेदन परेको छ । जुन मागभन्दा धेरै हो । यसकारण कम्पनीको आइपीओ गोलाप्रथाबाटै हुनेछ ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन बिक्री खुला गरेको हो ।













