बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट

काठमाण्डौ । बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याबमा २५ प्रतिशथ छुट पाउने भएका छन् । उक्त संस्थाहरु बिच ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतापश्चात् ग्राहकले बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्यसम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन्। सो छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। बायो डाइग्नोस्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौको सुकेधाराबाट सेवाग्राहीलाई ल्याबसम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।













