एकैदिनमा थपिए ३४७ नयाँ संक्रमित, थप २ जनाको मृत्यु

८ श्रावण २०७९, आईतवार १६:५०

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै ३४७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*