मंगलम ग्रुपका निर्देशक अभिनव चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित

८ श्रावण २०७९, आईतवार १८:२८

काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवालज्यु कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् ।अवार्ड सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गर्नुभएको थियो । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पु¥याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।

कार्यक्रममा चुरिवालको साथ–साथै ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु उर्मिला श्रेष्ठ र दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्षसुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशकसुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*