करिब १ अर्ब चुक्तापुँजी भएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी बढ्यो

९ श्रावण २०७९, सोमबार ०७:४६

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य प्रगति गरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा संस्थाले ८७.८२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म संस्थाले १४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार आाएसँगै संस्थाको नाफामा प्रगति देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशत बढेर ४२ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९०.७२ प्रतिशतले बढेर ३८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्म संस्थाको वितरणयोग्य नाफा २० करोड ९५ लाख रुपैयाँ रहेको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ५५ पैसा बढेर २७ रुपैयाँ ८८ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.२८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेर ९६ करोड ४४ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ६६.२५ प्रतिशत बढेर ४४ करोड ६ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, यस अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ९ अर्ब ४५ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*