डिप्रोक्स लघुवित्तद्धारा नगद लाभांश बुझिलिन आग्रह

९ श्रावण २०७९, सोमबार ११:२३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

लघुवित्तले आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

सम्बन्धित शेयरधनीहरुले संस्थाको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

साथै शेयरधनीहरुले उक्त नगद लाभांश बुझिलिन नआएको खण्डमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*