प्रोग्रशिभ फाइनान्सको ८ लाख बढी कित्ता शेयर बिक्रीमा
९ श्रावण २०७९, सोमबार ११:१६

काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । संस्थाका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्नको लागि निवेदन दिए लगतै संस्थाले शेयर बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
संस्थाले संस्थापक शेयरधनीहरुको नाममा रहेको ८ लाख ३२ हजार ६ सय ३२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सो शेयर खरिद गर्न चाहेका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र संञ्चालक समिति समक्ष बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।













