सुनको मुल्य घेट्यो, कतिमा हुदैछ कारोबार?
९ श्रावण २०७९, सोमबार ११:२८

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । चाँदी भने स्थिर रहेको छ ।
आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ११ सय ५५ रुपैयाँ कायम भएको छ ।
आइतवारका दिन सुन प्रतितोला ५ सय रुपैया बढेको थियो भने चाँदीको चाहि स्थिर रहेको छ ।













