नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा अरुणराज सुमार्गी पराजुली उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैतमा हुुने निर्वाचनमा अरुणराज सुमार्गी पराजुली उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । सुमार्गीले जिल्ला–नगर उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
त्यस्तै सुमार्गीले एफएनसीसीआईको उपाध्यक्षका लागि सुमार्गी गत निर्वाचनमा समेत आकांक्षी थिए । अन्तिममा उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी थिए । ‘अघिल्लो पटक मैले दिनेश श्रेष्ठलाई उपाध्यक्ष छाडेको हुँ, यस पटक त पछि हट्ने कुनै सम्भावना छैन’ भनेका छन् ।
सुमार्गी एएफएनसीसीआईको युवा पुस्तामा निकै लोप्रिय रहेकाले यस पटक भने कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । महासंघको निर्वाचन आगामी चैतमा हुने भएको छ ।
जिल्लानगर उपाध्यक्षमा सुमार्गीसहित कृष्णप्रसाद शर्मा, सुरकृष्ण बैद्य र दिलसुन्दर श्रेष्ठ हुन् । कृष्ण प्रसाद लुम्बिनी प्रदेश अध्यक्ष हुन् भने सुरकृष्ण बैद्य अहिलेका महासंघ केन्द्रीय सदस्य हुन् । अर्का आकांक्षी दिलसुन्दर श्रेष्ठ भने महासंघ वागमती प्रदेश अध्यक्ष हुन् ।
महासंघमा वस्तुगतमा १२३ सदस्य छन् भने एसोसिएटमा १८ सय सदस्य संस्था रहेका छन् । उता जिल्ला तथा नगरमा १२५ जिल्ला तथा नगर संघहरु र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ रहेका छन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक जना केन्द्रिय सदस्यले प्रतिनिधित्व गर्ने महासंघको विधानमा व्यवस्था छ ।
सो पदमा सबैको मतभार भने बराबर छैन । महासंघको चुनावमा सबैभन्दा धेरै मतभार जिल्ला–नगरको ५० प्रतिशत रहेको छ भने एसोसिएटको मतभार ३० प्रतिशत र वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघको २० प्रतिशत मतभार हुनेछ ।
शिक्षा, दुरसञ्चार, हाइड्रोपावर, सिमेन्ट, खानी, कृषि, बैंकिङ र होटललगायत क्षेत्रमा लगानी गर्दै आएको मुक्तिश्री गुरुप अफ कम्पनिजका सञ्चालक सुमार्गी महासंघका केन्द्रीय सदस्य हुन् । मुक्तिश्री गु्रप अफ कम्पनिज देशकै प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक हो ।
हेटौंडामा २०२८ सालदेखि बुबा माधवराज पराजुलीले हेटौंडा क्षेत्रमा चुन उद्योग स्थापना गरेर विभिन्न वाधाअवरोधका बाबजुद अघि बढेको हेटौंडा चुन उद्योग लगानी विस्तार र रोजगारी सिर्जना गर्दै जाने क्रममा सुमार्गी गु्रपका रुपमा चिनिन पुगेको थियो ।
उक्त समूह नेपालमा मुक्तिश्री प्रालिका नाममा विभिन्न किसिमका उत्पादन तथा सेवामूलक उद्योगहरुमा केन्द्रित छ । माधवराज सुमार्गीको दुई छोरा अजेयराज सुमार्गी र अरुणराज सुमार्गीको नेतृत्वमा पराजुली परिवारको व्यवसाय हालको सुमार्गी गु्रप हो । केही समय यातायात क्षेत्रमा लगानी गरेको समूहले २०४६ पश्चात् आफ्नो लगानी अन्य क्षेत्रमा पनि विस्तार गर्दै गएको छ ।













