४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
९ श्रावण २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा उछाल आएको छ । मौद्रिक नीतिपछि एकाएक सुधार आएको शेयरबजार आज ५४ अंकले बढ्न पुगेको छ ।
लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर शेयरबजार बढ्न पुगेको हो ।नेप्सेमा सूचीकृत २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १५ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेली पावरको १४ करोड ५१ लाख, एनटिसीको ११ करोड ५१ करोड, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख र अपर तामाकोशी हाइड्रोपावरको १० करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।














