शेयरबजारमा चमत्कारिक बृद्धि: २१३२ को विन्दुमा उक्लियो नेप्से, फाइनान्स सूचक चम्किदा ४ अर्बमाथिको कारोबार
९ श्रावण २०७९, सोमबार १५:१६

काठमाडौं । मौद्रिक नीतिपछि शेयरबजारमा एकाएक सुधार देखिन थालेको छ । अघिल्लो दिन उच्च अंकले बढेको पुँजीबजार आज पनि ५४ अंकले बढेर २१३२ को विन्दुमा उक्लिएको छ ।
लगानीकर्ताहरुको माग केही हदसम्म मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै लगानीकर्ताको उत्साह थपिएर शेयरबजार बढ्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै सूचकमा आज चमत्कारिक बृद्धि भएको छ । सर्वाधिक प्रतिशतका आधारमा फाइनान्स सूचक ७.९ प्रतिशतले बढेको छ भने रुपैयाँका आधारमा भने विकास बैंक समूह चम्किएको छ ।













