एनआइसी एशिया बैंकमा १० लाख निक्षेप राख्दा एक करोड रुपैयाँ फिर्ता पाइने, साथमा ८४ लाखको बीमा सुविधा

९ श्रावण २०७९, सोमबार १६:३७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सार्वजनिक गरेको ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा ८४ लाख रुपैयाँसम्मको बीमा थप गरेको छ ।

बीमा जगतलाई नै तरंगित हुने गरी एनआईसी एसिया बैंकले अघि सारेको योजनामा आम बचतकर्ताहरुको आकर्षण बढेपछि बैंकले बीमा सुविधा थप गरेको हो । बैंकले मुद्दति निक्षेपमा १० गुणा फिर्ता पाइनेछ । अर्थात आज दश लाख रुपैयाँ मुद्दति निक्षेपमा जम्मा गर्दा एक करोड रुपैयाँ पाइनेछ । एनआईसी बैंकले अघि सारेको यो मुद्दति निक्षेप योजना न्यूनतम् १० हजार रुपैयाँबाट खाता खोल्न सकिने बैंकले जनाएको छ । १० हजार रुपैयाँ जम्मा गर्दा बैंकले एक लाख रुपैयाँ भुक्तानी गर्नेछ । त्यस्तै १० लाख रुपैयाँ जम्मा गर्दा एक करोड रुपैयाँ भुक्तानी गर्नेछ भने १० करोड रुपैयाँ मुद्दति निक्षेपमा जम्मा गर्दा एक अर्ब रुपैयाँ भुक्तानी पाइनेछ ।

बैंकले गत असार १२ गतेदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको उक्त मुद्दती योजना सार्वजनिक गरेको हो । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएका हुन् ।

१० हजार रुपैयाँमा खोल्न यस मुद्दती योजनामा १० गुणा रकम फिर्ता, १० गुणा प्रतिफलका साथै ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउन सकिनेछ । साथै यस योजनाअन्तर्गत ग्राहकहरुले निक्षेप र पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधा पाउनेछन् । यसका साथै ५ लाख सम्मको क्रेडिट कार्ड निःशुल्क पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो योजना साउन महिनासम्मको लागि मात्र उपलब्ध हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*