राधी विद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्ने, बोर्डबाट पायो अनुमति
९ श्रावण २०७९, सोमबार १८:४४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि नियमक निकाय धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।
अनुमति पाएपश्चात् अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले चुक्तापुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँको १ः१४७५२ अनुपातमा हकप्रद जारी गर्न गत वैशाख २८ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले आज उक्त कम्पनीलाई सो अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोको मिति तोकेर हकप्रद निष्काशनको मिति तोक्नेछ ।













