खराब कर्जा घटेसँगै ग्लोबल आइएमई लघुवित्तको नाफामा सुधार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको छ ।
गत आवको असार मसान्तसम्ममा लघुवित्तले २५ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।जुन अघिल्लो आवको तुलनामा १०.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा लघुवित्तले २२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै समिक्षा अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तले नाफामा सुधार गर्न सफल भएको हो ।
असार मसान्तसम्ममा ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी बढेर ५६ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा पनि बढेर ३९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।
नाफामा सुधार आएपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घट्न पुगेको छ । यस अवधिसम्ममा संस्थाको प्रतिशेयर आम्दानी ७ रुपैंयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो आवको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको थियो । त्यस्तै प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा कायम रहेको छ ।
यस अवधिसम्ममा लुघवित्तको खराब कर्जा भने घट्न पुगेको छ । लुघवित्तको कायम रहेको २.६६ प्रतिशत खराब कर्जा घटेर १.६४ प्रतिशतमा पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार देखिन पुगेको हो ।
त्यस्तै, चौथो त्रैमाससम्ममा लघुवित्तको चुक्तापुँजी ५५ करोड २५ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार बृद्धि भई ४६ करोड ९ लाख रुपैयाँ कोषमा संचित रहेको छ ।
यस अवधिसम्म संस्थाले २ अर्ब ९६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













