सानिमा बैंकद्धारा भिडियो केवाइसी सेवा संचालन

१० श्रावण २०७९, मंगलवार ११:३०

काठमाडौैं । सानिमा बैंकले भिडियो केवाइसी सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई खाता खोल्नका लागि बैंक धाइरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ । गैरआवासीय तथा नेपाली मुलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी खाता सुचारु गर्न सक्ने बैंकले जनाएको छ ।

भीकेवाइसी सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाइसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने बताइएको छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिने बैंकले जनाएको छ।

भीकेवाइसी प्रमाणीकरण प्रक्रिया स्वीकृत भएपछि ग्राहकले खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोड रुपैयाँसम्म खर्च गर्न सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*