सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर न्यूनतम मूल्य प्रतिकित्ता १६० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
बैंकका संस्थापक शेयरधनी अरुण भगतले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । सो शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक काजगात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बेैंकको प्रधान कार्यालय नारायणहिटीपथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा सो शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।













