गरिमा विकास बैंकका ग्राहकलाई ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ मा आर्कषक छुट

१० श्रावण २०७९, मंगलवार १२:०४

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’मा विभिन्न प्रकारका सेवा सुुविधाकमा छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकलाई ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशत सम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

त्यस्तै ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा पनि आर्कषक १० प्रतिशत छुट प्राप्त गर्ने भएका हुुन् । बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*