एनसीसी बैंकको मोको डिजिटल वालेटमार्फत अब भुक्तानी गर्न सकिने

१० श्रावण २०७९, मंगलवार १४:०९

काठमाडौैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवाबाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नेछन् ।

साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १५ सय भन्दाबढी मर्चेन्टहरुमा भिसा क्युआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*