मौद्रिक नीतिपछि उकालो लागेको शेयरबजारमा एकाएक भारी गिरावट, कारोबार सन्तोषजनक

काठमाडौं । मौद्रिक नीतिपछि सुधारिएको शेयरबजारमा आज भारी गिरावट आएको छ । मौद्रिक नीतिमा पुँजीबजारसम्बन्धी लगानीकर्ताका केही माग सम्बोधन भएसँगै बढेको नेप्से आज ४४ अंकले घट्न पुगेको छ । दुईदिनयता उच्च अंकले सुधार देखिएको शेयरबजारको उकालो यात्रामा आज ब्रेक लागेको हो ।
राष्ट्र बैंकले साउन ९ गते सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप तथा बैकिङ्ग प्रणालीबाट ६४ अर्ब गायब भएपछि त्यसको प्रभाव आज शेयरबजारमा देखिएको हो । आज नेप्से परिसूचक ४४ अंकले घटेर २०८८ को विन्दुमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक आज प्रतिशतका आधारमा अन्य समूह ३.५६ अंकले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको १३३ रुपैयाँले घट्न पुगेको छ ।














