डिसहोमको आईटिभी सेवा आजबाट सुरू, टेलिभिजनमा फड्को मार्ने दावी

काठमाडौं । डिस मिडिया नेटवर्कले आजबाट आई टिभीको सेवा सुरू गरेको छ । डिसहोम मिडिया नेटवर्कका सिइओ सुदिप आचार्यले डिसहोमले नेपालकै इतिहासमा पहिलो पटक आईपी टिभी सुरू गरेको जनाउँदै प्रविधिको दुनियाँमा नयाँ फड्को भएको बताए ।
कार्यक्रममा १२ वर्षको यात्रामा नयाँ चरणमा पुगेको डिसहोमका अध्यक्ष हेमराज ढकालले बताए । उनले नेपालको सूचना प्रविधिको क्षेत्रमा डिसहोमले ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ ईन्टरनेट टिभीको गुणस्तरीयतामा ध्यान दिने बताए । डिसहोमले इनटरनेटमा सेटअप बक्स जोडेर आईपीमा आधारित नयाँ टिभीको सुरूवात गरेको हो ।
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले टिभीको सेवा शुभारम्भ गरेको हो । डिआई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउदा ग्राहकहरु डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको कम्पनीले जनाएको छ।
नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुयाएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएकी डिशहोमले ग्राहकहरुलाई उत्कष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
पेदिनीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार सगँ अन्य सेवा प्रदायक भन्दा उत्कष्ट सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट Terrestrial (T2) टिभी र आइपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल इन्टरनेट सेवा डिशहोम फाइवरनेट सबै भन्दा बढि सन्तुष्ट ग्राहक र ठुलो नेटवक रहेका केबल टिभी नेटवर्क सिम टिभी र तार रहित टिटु टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।
DTH Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा २०० भन्दा बडि टिभी च्यानलहरु, Video on Demand, Catch up TV / Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेका छन् ।
I













