बैकिङ प्रणालीभित्र अनैतिक धन्दा, राष्ट्र बैंकले अनुसन्धान गर्न सक्ला ?

११ श्रावण २०७९, बुधबार ०६:०१

काठमाडौं । नेपालको बैंकिङ यो स्तरको कीर्ते धन्दा होला भनेर शायदै मानिसहरुले सोचेका थिए होलान् । तर नेपाल राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाएर कीर्ते निक्षेप देखाएर नियामक निकायलाई दिउँसै रात पार्ने काममा नेपाली बैंकिङ क्षेत्रका सिइओहरु लागि परेका छन् ।

नेपाली बैंकका सिईओहरुले आफ्नो बैंकको वित्तिय विवरण राम्रो देखाउन असारको अन्तिम साता करिब २२ अर्ब रुपैयाँको खराव कर्जालाई पुनर्जागरण गरेर राम्रो कर्जामा रुपान्तरण गरेका छन् । त्यसैको परिणाम असारको अन्तिम साता नेपाल बैंकिङ प्रणालीबाट २२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको देखियो । त्यो ऋण नयाँ ऋणीले पाएका थिएनन् । तर, ऋण तिर्न नसकेका ऋणीहरुले सावा ब्याजसहित रकम चुक्ता गरेको देखाई नयाँ ऋण प्रवाह गरेर भर्खरैको ऋण बनाइएको छ । यसको नियमनमा नियामक निकाय केन्द्रीय बैंक नराम्ररी चुकेको छ ।

अर्को अनैतिक काम केन्द्रीय बैंकको कारवाहीमा पर्ने डरले बैंकहरुले निक्षेप बापत जम्मा गरेको ६४ अर्ब रुपैयाँ एक सातामा बैंकिङ प्रणालीबाट हराएको छ । यसको अर्थ बैंकका सिईओहरुले कृत्तिम रुपमा सिष्टममा निक्षेप देखाएको र साउन लागेपछि उक्त रकम फर्काएको देखाएका छन् ।
उल्लेखित दुई घटनाले नेपाली बैंकिङ प्रणालीमा चरम अनियमितता, भद्रगोल, मनपरीतन्त्रमा चलेको पुष्टि हुन आएको छ । नियामक निकायले तत्काल यस सम्बन्धमा कडाई गर्नेमा शंका उत्पन्न भएको छ । विगतमा नेपाल राष्ट्र बैंकका कार्यकारी कुनै न कुनै बैंकमा सिईओ तथा लाभको पद लिन गएको विगतबाट आगामी दिनमा पनि त्यस्तै लाभका लागि कारवाही नगर्ने बरु मिलाउने नियामक निकायको प्रवृत्ति यस पटक पनि दोहोरिने आशंका व्यक्त गरिएको छ ।

राजनीतिक तागतले भन्दा जनताको बलले पुनस्र्थापित भएर आएका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ प्रणालीभित्रका असार अन्तिम साता र यही साउनको पहिलो सातामा भएका घोटाला, कृत्तिम निक्षेप तथा रिकल गरिएका खराव कर्जाको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने हिम्मत गर्लान ? प्रश्न चिन्ह उठेको छ । साथै यस्तो अनैतिक धन्दामा को को छन् भन्ने कुरा राष्ट्र बैंकले अनुसन्धान नगर्दासम्म सबै बैंकमाथि जनताले नराम्रो नजरले हेर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*