प्रभु बैंकका ग्राहकलाई समर्पण हेल्थ केयर सेन्टरमा आकर्षण छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले समर्पण हेल्थ केयर सेन्टरमा विभिन्न प्रकारका आकर्षण छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिसेक राजथलाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । फार्मेसी, ऐस्थेटिक, इ।सी।जी, रेडियोलोजी (यु.एस्जी. तथा ई.सी.ओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ ।
उक्त सम्झौता अनुसार समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको ।













