ग्लोबल आइएमई ब्यालेन्स फण्डको नतिजा यी साईटबाट हेर्न सकिने
११ श्रावण २०७९, बुधबार १२:०७

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स फण्डको आज बाँडफाँड सम्पन्न भएको छ । क्यापिटलको उक्त फण्डको नतिजा क्यापिटलको वेभसाइट https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check , ग्लोबल आइएमई बैंकको वेभसाइट https://globalimebank.com/ , सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइट https://iporesult.cdsc.com.np/ र मेरो शेयरको वेभसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।
कम्पनीले १० रुपैयाँ इकाई मूल्यका कुल १० करोड २० लाख इकाई बिक्री गरेकोमा रितवपूर्वक आवेदन दिनेहरुलाई ८ करोड ४५ लाख ७६ हजार ३६० इकाई फण्ड बाँडफाँड गरेको हो ।उक्त फण्डमा कुल ६० हजार ६६३ जनाको ८४ करोड ५८ लाख ९७ हजार ६०० रुपैयाँको आवेदन परेको थियो । सो मध्ये १३ हजार ४०० इकाई आवेदन रद्द भएको थियो ।













