अपर हेवाखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
११ श्रावण २०७९, बुधबार १२:३७

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
सो अनुसार अब एनएमबि क्यापिटलले उक्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पुर्ण कार्य गर्ने छ ।













