इलामको फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर
११ श्रावण २०७९, बुधबार १३:५९

काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका–१० फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले गरेकी छन् । उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायीलगायत सर्वसाधरणको उपस्थिति थियो ।
सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यो एक्सटेन्सन काउन्टरसहित १३ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको छ। यसका साथै बैंकको हालसम्म देशभर ९९ एटीएम सञ्चालनमा छन् ।













