यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी
११ श्रावण २०७९, बुधबार १५:१३

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन घट्न पुगेको नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको १७ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, दोस्रोमा अरुण काबेली पावरको १२ करोड ३५ लाख रुपैयाँ, तेस्रोमा गोर्खाज फाइनान्सको ८ करोड ९२ लाख रुपैयाँ, चौथोमा नेष्डो समृद्ध लघुवित्तको ८ करोड ४८ लाख रुपैयाँ र पाँचौमा युनिभर्सल पावर कम्पनीको ८ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














