नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट
११ श्रावण २०७९, बुधबार १५:५१

काठमाडौं। नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच छुट सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले होटेल बाराही हस्पिटालिटीमा आकर्षण छुट प्राप्त गर्ने भएका छन् ।
एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटेल बाराही हस्पिटालिटी एन्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसी हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका होटेल बाराही, बाराही जंगल लज तथा सारनकोट माउनटेन लजमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।











